डा भट्टराई तेस्रो पटक विजयी

Baburam bhatrae

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् ।

नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा. भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरे ।

यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा २ मा ६० हजार ११७ मत खसेकामा डा. भट्टराईले ३१ हजार ८०७ र उनका निकटतम प्रतिद्धन्दी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका छन् । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा २ हजार ६३८ मत बदर भएको थियो । डा. भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा २ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी भएका छन् । डा.भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...