कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

Bam 1

पोखरा । प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गरेका छन्, भने उनलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले ८ हजार ७०१ मतले पछ्याइरहेका छन् ।

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गरेका छन्, भने उनलाई नेपाली काँग्रेसका देवराज चालिसेले ८ हजार ९४३ मतसहित पछ्याइरहेका छन् ।

त्यसस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गरेका छन्, भने उनलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले ९ हजार ५९३ मत सहित पछ्याइरहेका छन् ।

३ वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...