रामेछापमा अहिले सम्म कसलाई कति मत र मतान्तर
रामेछाप । रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको पहिल्लो विवरण अनुसार बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनबिचको मतान्तर उच्च दरले बढ्दै गएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा क मा भन्दा प्रदेशसभा ख का बाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेलको रफतार तीव्र छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता विना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले १८ हजार ७ सय २ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले १५ हजार ३सय २५ मत प्राप्त गरेक छन ।
त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका शान्ति प्रसाद पौडेलछन १० हजार ३ सय ४६ र नेपाली काँग्रेसका रत्न कार्कीले ६ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल १४ हजार २ सय ६८ मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगरले ८ हजार १ सय ७२ मत प्राप्त गरेको छ । १
मतान्तर कसको कति ?
प्रतिनिधि सभातर्फ
बाम गठबन्धनका उम्मेदवार श्याम कुमार श्रेष्ठ भन्दा नेपाली काँग्रेसका कान्छाराम तामाङ ३ हजार सय ७७ मतलले पछि ।
पदेशसभा
निर्वाचन क्षेत्र क
बाम गठबन्धनका शान्ति प्रसाद पौडेलले भन्दा नेपाली काँग्रेसका रत्न कार्की ३ हजार ३ सय ६८ मतले पछि ।
निर्वाचन क्षेत्र ख
बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल भन्दा नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगर ६ हजार ९६ मतले पछि छ । तामाकोसी खबर
प्रतिकृया दिनुहोस