सोलुखुम्बुमा वाम गठबन्धन विजयी

Amale maowadi (1)

सोलुखुम्बु । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ३ हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएको छन् ।

प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेको हो । बस्नेतले १० हजार ६६७ र कार्कीले ८ हजार ८४६ मत ल्याएका छन् ।

प्रदेशसभा ख मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका हुन् । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...