धादिङमा निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका जगत सिंखडा विजयी

Untitled 08122017102837 600x0

काठमाडौं । वाम गठवन्धनका जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई निर्वाचन क्षेत्र नं २ को प्रदेशनं मा विजयी हासिल गरेका छन् । सिंखडाका प्रतिनिधि लोतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार डम्बर तामाङ्गले १५ हजार ७ सय ७४ मत प्राप्त गरेका थिए ।

वामपन्थी गढ मानिएको धादिङको निवाचन क्षेत्र नं १ मा दुवै तहका निर्वाचनमा वाम गठबन्धन दोव्बर मतले उछिनेको छ । प्रतिनिधि सभामा एमाले अध्यक्ष समेत रहेका वाम गठबन्धनका उम्मेदवार भूमी त्रिपाठीले २३ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् भने त्रिपाठीका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याल १० हजार ५ सय २९ मत प्राप्त गरेका छन् । दुवैको उम्मेदवारबीच १३ हजार ३ सय २९ मतान्तर रहेको छ । निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेश सभामा पनि वाम गठबन्धनले नै दोव्बर मतको मतान्तर राखेको छ । प्रदेश सभा १ का उम्मेदवार नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डेले आफना प्रतिद्धन्दी नेपाली कांग्रेसका मधु श्रेष्ठलाई १० हजार ४ सय १४ मतले पछाडि पार्दै २० हजार ५ सय ५२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्दी श्रेष्ठले १० हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । त्यसै गरी प्रदेश शभा २ मा माओवादी नेता शालिकराम जमकटेलले १७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले ७ हजार १ सय ६८ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारको मत दोब्बर भन्दा फरक छ । त्यसै गरी निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धन र लोतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । प्रतिनिधि सभाका वाम गठबन्धनका उम्मेदवार एवं पूर्व जिविस सभापति खेम लोहनी ले १७ हजार ९ सय १६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नेता एवं कानून तया संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले १७ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवार वीच ३७ झिनो मतको अन्तर छ ।

धादिङ क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं १ तर्फ वाम गठबन्धनका डां। रामकुमार अधिकारी ले १३ हजार ८ सय १५ मत प्राप्त गरी नेपाली काँग्रेसका रमेश धमला भन्दा ५ सय ५४ मत बढी प्राप्त गरेका छन् । धमलाले १३ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । जिल्लामा वाम गठबन्धनले मतगणनामा अग्रता लिए पछि विभिन्न गाउंँहरु वाट गठबन्धनका कार्यकर्ताहरु सदरमुकाम आउने क्रम जारी छ । जिल्लामा मतगणना जारी छ । अझै १२ घण्टामा दुवै निर्वाचन क्षेत्रको सवै मतपरिणाम आई सक्ने प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले वताए । विजेता जगत सिंखडाको संक्षिप्त जानकारी वि।स। २०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन् ।

२०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो । उनले आइए सम्मको अध्ययन गरेका छन् । २०५३ सालमा माओवादी जनयुद्धमा उनी भूमीगत बनेर सक्रिय राजनीतिमा होमिए । त्यस क्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले । २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो । पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने । माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने । हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...