मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ : आयुक्त पौडेल

Ishori prasad

काठमाडौँ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको बताए ।

मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुगेका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतगणना देशरभर नै शान्तिपूर्ण रुपमा भइरहेको बताएका हुन् ।

‘तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना धमाधम भइरहेको छ,’ उनले भने ।

आयुक्त पौडेलले मुलुकभर ४ दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पारे । ‘मतगणनामा ढिला भयो भने विशेष व्यवस्था गर्नेछौँ,’ उनले भने ।

राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ । प्रत्येक क्षेत्रको दुई/दुई स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...