नुवाकोटको पछिल्लो मतगणना अपडेट वाम गठवन्धनको अग्रता

Nuwakot

नुवाकोट । नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा रामशरण महतले भन्दा ८८९ बढी मत पाएका छन् । तामाङको ५०९९ र महतको ४२१० मत रहेको छ।

क्षेत्र नं २ मा एमालेका नारायणप्रसाद खतिवडा २०२८ मतले काँग्रेसका अर्जुननरसिंह केसी भन्दा अगाडी देखिएका छन्। खतिवडाको ६५१८ र केसीको ३५९० मत रहेको छ ।
प्रदेशसभा अन्तरगत प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका राधिका तामाङ काँग्रेसका महेन्द्र थिङ्ग भन्दा ६१३ मतले अगाडी छिन् तामाङको २२८६ र थिङको १६७३ मत रहेको छ । १ नम्बर प्रदेशसभा ‘ख’ मा एमालेका बद्री मैनाली काँग्रेसका रमेश महत भन्दा १४४४ मतले अगाडी छन् । मैनालीको ३१८४ र महतको १७४० मत रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं.२ को प्रदेश सभा क मा एमालेका केशबराज पाण्डे काँग्रेसका जगदीश्वरनरसिंह केसीभन्दा १२६३ मतले अगाडी छन् । पाण्डेको ३३६० र केसीको २१०३ मत रहेको छ । सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका हिरानाथ खतिवडा काँग्रेसका जगतबहादुर तामाङ भन्दा ५६४ मतले अगाडी छन् । खतिवडाको २६३५ र तामाङको २०७१ मत हरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...