कैलालीमा १२ बजेपछि मात्र मतगणना शुरु हुने
कैलाली । कैलालीमा मतगणनास्थलमा तारजाली लगाएर मतगणना गरिने भएको छ । सर्वदलीय बैठकले गणनास्थलको बाहिरतर्फ दलका प्रतिनिधि बस्ने गरी तारजाली लगाएर भित्र मतगणना गर्ने निर्णय गरेको हो ।
तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । ‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना शुरु हुन्छ,’ उनले भने ।
जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रका मतपेटिकाहरु धनगढी ल्याइसकिएको छ । हाल ती ३ वटा क्षेत्रको मतगणना गर्न लागिएको हो ।
क्षेत्र नम्बर २ र ४ अन्तर्गत पर्ने पहाडी भेगबाट मतपेटिका ढुवानी हुन बाँकी छ । बेलुकीसम्म ती क्षेत्रका मतपेटिका आईपुग्ने मुख्य निर्वाचन अधिकृत अर्यालले बताए । मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ को मतगणना गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस