रामेछापमा मतगणना जारी प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ बाम गठबन्धनका उम्मेदवार अगाडि
रामेछाप । रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । बिहिबार साँझ ६ः४५ बाट सुरु भएको मतगणना प्रत्येक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने काम भैरहेको छ ।
साँझ ५ बजे बाट मत गन्ने सर्वदलिय बैठकले निर्णय गरेको भएपनि झण्डै २ घण्टा पछि मतगणना सुरु भएको थियो । मत गणनाको शुक्रबार बिहान ५ बजे सम्मको परिणामलाई हेर्दा प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार माओावादीका नेता बिना विभागिय गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठले ४ हजार ८ सय ७३ र नेपाली काँग्रेसका उम्मेदवार पुर्ण बहादुर तामाङ कान्छारामले २ हजार ७ सय ५५ मत प्रप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ मा बाम पनि बाम गठबन्धनकै उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनका शान्ति प्रसाद पौडेलले २ हजार ४ सय ७० र नेपाली काँग्रेसका रत्न कार्कीले १ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार कैलाश प्रसाद ढुंगेल ३ हजार २० मत प्रप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार जित बादुर मगर ७ सय ६४ मत प्राप्त गरेको छ । १ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गणना भैरहेको छ ।
मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।
प्रतिकृया दिनुहोस