जाजरकोटमा बस्नेतको अग्रता कायमै

जाजरकोट । जाजरकोटको प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार शक्तिबहादुर बस्नेतले लगातार आफ्नो अग्रता कामय राखेका छन् ।

बस्नेतले ६ हजार २ सय ७५ मत ल्याउँदै अग्रता कायम गरेका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहलाई १ हजार ६ सय ६२ मतले पछाडी पारेका छन् । शाहले ४ हजार ६ सय १३ मत पाएका छन् ।

जाजरकोटको पछिल्लो मतपरिणामअनुसार जाजरकोट प्रदेश नम्बर क मा माओवादीका उम्मेदवार गणेशप्रसाद सिंहले ६ हजार ३ सय ३७ मतले अगाडी छन् भने कांग्रेसका उम्मेदवार वेदराज सिंहले ४ हजार ५ सय ८५ मत पाएका छन् ।

त्यसैगरी जाजरकोटको प्रदेश नम्बर ख मा एमालेका उम्मेदवार करवीर शाहीले ६ हजार ७ सय ४५ मत ल्याउँदै अग्रता कायम गरेका छन् भने कांग्रेसका उम्मेदवार दिपकजंग शाहले ५ हजार ३ सय ७१ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...