पाँचथरमा वाम गठबन्धनको अग्रता
पाँचथर । पाँचथरको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
पाँचथरमा वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्बाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले ४ हजार ३ सय २२ मत प्राप्त गरेका छन् ।
पाँचथरमा ७७ हजार ६ सय ८२ मत खसेकामा हालसम्म ११ हजार ३ सय ३६ मत गणना भइसकेको छ । यहाँ ८ सय ७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाँचथरमा प्रतिनिधिसभाको मतगणना सकेपछि मात्रै प्रदेशसभाको मत गणना हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस