जस्तो परिणाम आए पनि देशप्रति जिम्मेवार भएर लाग्न ढकालले गरे आग्रह

Eknath dhakal

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्वाचनमा भाग लिएकोमा आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

वाम गठबन्धनका नेता ढकालले संसद्को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा निर्वाचन आयोग, सरकार, राजनीतिक दल र निर्वाचनमा भाग लिएर निर्वाचन सफल बनाएकोमा नेपाली जनतालाई धन्यवाद दिएका हुन् ।

उनले निर्वाचन सम्पन्नसँगै लामो त्याग र तपस्याबाट प्रापत भएको संविधान कार्यान्वयनको दिशामा गएकाले मुलुकमा दिगो विकास हुने विश्वाससमेत व्यक्त गरेका छन् । ढकालले निर्वाचन सकिएलगत्तै विज्ञप्ती जारी गरी मुलुक स्थायित्व, दिगो शान्ति र आर्थिक उन्नतिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

‘अब कुनै पनि बहानामा कसैले पनि राष्ट्रिय एकता र आर्थिक सम्बृद्धिलाई रोक्न सक्दैन’ ढकालले विहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनमा जे जस्तो परिणाम आए पनि हार्ने र जित्ने दुबैले देशप्रति जिम्मेवार भएर लाग्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...