बिना कारण मेरो बदनाम गर्न खोजियो : राई
धनकुटा । मंगलबार एमाले कार्यकर्ताहरुले आफुलाई बिना कारण पक्राउ गरी बदनाम गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिल्ला सदस्य राजकुमार राईले आपत्ति जनाएका छन् ।
उनले आफुले रुदाक्षको दाना बिक्री गरेर ल्याएको पैसा एमाले निकट युवाहरुले लुट्ने प्रयास गरेको बताए । उनले आफुले खाना लागेको बेला लुटेरा शैलीमा आफ्नो शरीर खोजतलास गरेको बताए ।
राईका अनुसार स्थानीय एक व्यापारीलाई मंगलबार मात्रै रुद्राक्षको दाना बेचेका थिए । तर, एमालेका युवाहरुले लुटेराको शैलीमा खाना खान लागेको बेला आफ्नो साथमा रहेको १ लाख ७२ हजार ५ सय रुपैयाँ लुट्न खोजेको बताए । उनले आफुले प्रतिकार गरेपछि मात्रै सुरक्षाकर्मी बोलाएको बताए ।
‘म खाना साँझ साँढे ६ बजेतिर कागतेमा खान लागेको थिए । तर, सुरुमा एक जना अपरिचित युवा आएर फर्किए लगत्तै माक्स लगाएका अन्य युवा आएर मेरो शरिर खानतलासी गर्न थाले’, राईले भने, ‘मैले व्यापार गरेर ल्याएको पैसामा एमालेका गुण्डा केटाहरुले निर्वाचनमा जनतालाई पैसा बाढ्न लगेको भनेर लुट्न खोजे ।’
उनले आफ्नो बद्नाम गर्ने उदेश्यले त्यसरी गुण्डागर्दीको शैलीमा अपमान गर्न खोजिएको उनले बताए । ‘मैले व्यापार गरेर खान पाउँदिन र ?’ उनले भने, ‘राजनीतिक आस्था हुँदैमा व्यापार गरेर खान नदिने शैली एमालेले अपनाएको छ, त्यो शैली मान्नुपर्छ भन्ने छैन ।’
उनको साथमा रहेको १ लाख ७२ हजार रुपैयाँ जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ । सो पैसा बुधबार रुदाक्ष किन्ने व्यापारी आएपछि जिम्मा लगाइने प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस