राष्ट्रपति समक्ष चार मुलुकका राजदूतद्धार ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार मुलुकका राजदूतले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति कार्यालयमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट र इजरायलका आवासीय राजदूत क्रमशः इमान मोस्तफा ए एहमेद र बेनी ओमेरले ओहोदाको प्रमाणपत्र पेश गरे ।
त्यसैगरी राष्ट्रपतिसमक्ष इण्डोनेसिया र पेरुका गैरआवासीय राजदूतद्वय रिना प्रित्यासमियर्सी र जोर्ग कास्तानेदा मोन्डेजले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।
उक्त अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिला विशेषज्ञ मदनकुमार भट्टराई, सोही कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस