नवौँ मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २३ गतेदेखि

उनन्सत्तरिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यही मंसिर २३ देखि २५ गतेसम्म नवौँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ ।
डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेला ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
महाभेला संयोजक लिली थापाले यहाँ आज आयोजित पत्रकारसम्मेलनमा मुलुकमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागी संघ संस्थाका प्रतिनिधिबीच छलफल हुने बताए ।
उनले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि युवा तथा महिलाको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा केही नियम नबनेको र केही राजनीतिक दलले लागू नगरेको जस्ता समस्या देखिएकाले सबै तहबाट सहयोगको अपेक्षा गरे ।
आठौँ मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक एवं अधिकारकर्मी सुनी लामाले मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउन खोजे पनि केही प्राविधिक कारणले संविधानका यी प्रावधान प्रभावकारी कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रुपमा आयोजनामा गर्दै आएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्तत्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेका तथा बेलायतमा बसोबास गर्दै आएका वीरेन्द्र नेपालविर...
प्रतिकृया दिनुहोस