आज राति १२ बजेबाट मौनअवधि शुरु हुने
कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने
निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ ।
मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ ।
आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको अनुरोध छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौनअवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने आचारसंहितामा उल्लेख छ ।
आयोगले एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का गर्न सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस