नेपाल भारत सीमाको नाका आज रातीबाट बन्द हुने

कृष्णनगर नाका

कपिलवस्तु । कपिलवस्तुमा व्यावसायिक दृष्टिकोणले चालु अवस्थामा रहेका ३ नाका सोमबार राति १२ बजेदेखि बन्द हुने भएका छन् ।

मर्यादपुर खुनुवा नाका , मर्यादपुर खुनुवा नाका र चाकरचौडा नाका बन्द हुन लागेको कपिवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

नाका बन्द भएपछि सामान्य आवतजावत भए पनि सवारीसाधन जाँच गरेर निगरानीमा मात्रै सञ्चालन हुनेछन् ।

निर्वाचनलाई लक्षित गरेर बन्द हुन लागेको नाका २१ गते निर्वाचन सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउने प्रजिअ भुजेलले जानकारी दिए । ‘निर्वाचनमा आपराधिक गतिविधि नहुन भनेर नाका बन्द गरेका हौँ’, उनले भने ।

प्रतिकृया दिनुहोस