अर्मलाको भुवान पुरे जस्तै देश विकाशको मुहार कोर्न अधिकारीलाई अर्माला बासीको शुभकामना
पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता एवंम् सो पार्टीका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीेले कुनै एक ठाउको मात्रै नभई सारा देशकै मुहार फेर्ने विकासको खाका सहित आफुहरु निर्वाचनको दौडानमा लागेको बताएका छन् ।
उनले म गर्छु मात्रै हैन हामी गर्छौ भन्ने मान्यताले गठबन्धन बनेको भन्दै बिगतका भन्दा अझै उत्कृस्ट काम गर्न जनताको हौशला काफी भएको भन्दै अब सबैभन्दा राम्रा काम गर्न तपाईहरुको प्रेरणाले उत्साहित बनाएको छ ।
अरुले जस्तो जनतालाई बिगतका कार्यकालमा कहिल्यै जनतालाई नढाटेको भन्दै सबै प्रतिवद्धता पुरा गरेको जिकिर गरे । अर्मला मा भुवान पर्दा तत्कालिन अबश्थामा सो स्थान आफ्नो क्षेत्रमा नपरेपनि संसदमा जरुरी सार्र्वजनिक महत्वको प्रस्ताव पेस गरेर सो विपत्तिका निम्ति काम गर्ने वातावरण बनेको बताए ।
एउटा क्षेत्रमा मात्रै सिमित नभएर सारा देशमा प्रतिकुल परिस्थितिमा पनि विकाशको बहसलाई राजनीतिको मध्यविन्दुमा ल्याउन सफल भएको अधिकारीले जानकारी दिए ।आइतबार पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत वडा न १६ को अर्मलामा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन ।
यसै बीच भव्य समारोहमा स्थानीय आमा समूह ,युवा क्लब ,सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका विविध समस्याको बारेमा जानकारी गराएका थिए । अर्मलाको भुवान पुरे झैं सारा देशको बिकाशको मुहार कोर्न अधिकारीलाई अर्मालाबासीले शुभकामना दिएका थिए।
सो अवसरमा उम्मेदवार अधिकारीले ग्रामीण कृषि ,खानेपानी ,पर्यटन , र युवा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्यासंग काधमा काध मिलाएर अगी बढ्ने दृढता व्यक्त गरे ।
यसैबीच अधिकारीले आइतबार नै पोखरा लेखनाथ महानगर वडा न ११ काहू ,३३ को आपू भन्ज्यांग ,वडा न ४ का विभिन्न टोल मा सम्पन्न कोण सभा र र जनाशात्कारमा सहभागीता जनाएका छन् ।
कोण सभामा बाम गठबन्धन कास्की क्षेत्र न २ प्रदेश सभा उम्मेदवार राजकाजी गुरुङले सम्बोधन गर्दै झुट्टा आश्वासन बाडेर जनता नझुक्याउन भन्दै अब विकासको बहसमा उत्रिन र देशलाई त्यस दिशामा अघि बढाउन आफुहरु केन्द्रित हुने बताए ।
प्रतिकृया दिनुहोस