ओनसरी घर्तीको प्रशंसा गर्दे आरजु राणाले भनिन्, ‘मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु’
काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागिउम्मेदवार बनेकी कांग्रेस नेतृ डा. आरजु देउवाले कैलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् ।
गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ ।
यसै सन्दर्भमा रिपोर्टस क्लब नेपालले कैलाली क्षेत्र नम्बर ५ पुगेर उम्मेदवार आरजुसँग विशेष अन्तरक्रिया गरेको थियो । आरजुले विकासको प्रचुर सम्भावना भएर पनि विकास हुन नसकेको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास गर्नुपर्ने बताइन् । कैलालीको गौरी भन्सार नाकालाई व्यवस्थित गर्दै ठूलो नाकाको रुपमा विकास गर्न सके देशकै महत्वपूर्ण नाकाको रुपमा स्थापित हुने बताइन् ।
७ नम्बर प्रदेशको सबैभन्द धेरै राजश्व उठ्ने क्षेत्र कैलाली ५ भएकाले यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको आरजुको तर्क छ । कैलाली जिल्लो आफ्नो कर्मथलो भएकाले यसको आफूलाई धेरै माया लाग्ने आरजुको भनाई छ ।
‘२४ वर्ष अगाडि म विवाह गरेर यस क्षेत्रमाआएँ । जहाँविवाहगरियो त्यही ठाउँ नै नेपाली चेलीको घर हो । यस क्षेत्रको संस्कृतिसँग म घुलमिल भएको छु ।’ उनले भनिन् ।
त्यस क्षेत्रका नागरिकले पनि आफूलाई माया गरेको उनको दाबी छ । विगतमा समानुपातिक तर्फबाट सभासद बन्नुमा पनि त्यस क्षेत्रका मतदाताको महत्वपूर्ण योगदान रहेको आरजुको भनाई छ ।
विगतमा कांग्रेस बाहेक अरु कसैले पनि त्यस क्षेत्रका लागि उल्लेखनीय काम नगरेको आरोप आरजुले लगाइन् । कांग्रेसले त्यस क्षेत्रमा एउटा पोलिटेक्निकल कलेज खोल्न खोज्दा कम्युनिष्ट सरकारले कलेज खोल्ने योजना नै खोसेको बताउँदै आरजुले कम्युनिष्टहरुले सत्ता चलाउने मौका पाउँदा एउटा ईट्टा थप्ने काम समेत नगरेको आरोप लगाइन् ।
आफ्ना प्रतिस्पर्धी नरदमुनी रानाले विगतमा जनप्रतिनिधी बनेर पनि त्यस क्षेत्रका लागि केही काम नगरेको उनको भनाई छ । माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रको विकासमा नारदमुनीले भूमिका खेल्न नसकेको आरजुको आरोप छ ।
अहिले बोल्ने नेतानभै काम गरेर देखाउने नेताजनताले चाहेको बताउँदै आरजुले आफूले हरेक समयमा जनताको सेवा गरको बताईन् । सम्भावना धेरै भएकाले कामगर्ने हो भने प्रदेश नम्बर ७ सबैभन्दा धनी प्रदेश बन्न सक्ने उनको भनाई छ । “यहाँभन्दा धेरै सम्भावना कहीँ पनि छैन । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका थुप्रै आयोजना यस प्रदेशमा छन् । जलविद्युत् र सिँचाईको प्रचुर सम्भावना छ ।” आरजुले भनिन् ।
नेपालका महिलाले मौकापायो भने जस्तो सुकै काम पनि गर्न सक्ने आरजुको दाबी छ । पूर्व सभामुख ओनसरी घर्तीको उदाहरण दिदै उनले घर्ती प्रति आफूलाई गर्व लाग्ने बनाइन् ।
“ओनसरी घर्तीलाई म धेरै आदर गर्छु । उहाँ रोल्पामा जन्मेर हाइस्कुल मात्रै पढ्नुभएको महिला । उहाँले सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभयो ।” आरजुले भनिन् ।
आफूलाई जनताले मौकादिएको खण्डमा पुरुषलेभन्दा बढि काम गरेर देखाउने दाबीसमेत गरिन् ।
“ममहिलाहो । मलाई मौका दिनुस् । पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु ।”
नेपालका महिलाहरु नेतृत्वमा पुग्न सक्षम रहेको उनको भनाई थियो । “चान्स मात्रै दिनुपर्छ । हाम्रामहिलाजति सक्षम अरु छैनन् ।” उनले भनिन् ।
प्रतिकृया दिनुहोस