सप्तरीका २ सय ७ मतदानस्थल अतिसंवेदनशील
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ मतदानस्थललाई अतिसंवेदनशील रहेको बताएका छन् । बाँकी रहेका ८८ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।
यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । ३ हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको छ । जिल्लामा निर्वाचनका लागि २ सय ९५ मतदानस्थल र ४ सय ७८ वटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लामा प्रतिनिधिसभातर्फ ४ वटा तथा प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्रमा १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सप्तरी क्षेत्र नं १ मा ९४ हजार ९ सय २०, क्षेत्र नं २ मा ७९ हजार ६ सय ६३, क्षेत्र नं ३ मा ८५ हजार ४ सय ८९ र क्षेत्र नं ४ मा ८६ हजार ५ सय ४२ मतदाता रहेका छन् ।
प्रतिकृया दिनुहोस