बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार

Bal bibah

बैतडी । बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, किशोरीवृत्त, प्रतिष्ठित धामी समूह, पत्रकारलगायत सरोकारवालाले छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको हो ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तर्जुमा परामर्श गोष्ठीमा सहभागीले बालविवाह न्यूनीकरणका लागि ५ वर्षसम्म गर्नुपर्ने काम बारे छलफल गरेर कार्ययोजना बनाएको हो ।

यसअघि सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो । किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्न सो रणनीति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...