पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गर्न सरकार सँगमाग
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तथा मतगणनासम्म पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघले आज भक्तपुरमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र मताधिकार’ अन्तरक्रियामा उनले सूचना पाउने अधिकारबाट पत्रकारलाई वञ्चित गर्न नहुने बताए ।
“निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई सही र छिटो सूचना लिने पाउने व्यवस्था गरिदिनुपर्छ,” उनले भने।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पत्रकारलाई सहजरुपमा सूचना संकलन गर्न सूचना अधिकृतको व्यवस्था गरिने बताए ।
पूर्वसभामुख एवं क्षेत्र नं २ का प्रतिनिधिसभातर्फ काँग्रेस उम्मेदवार दमननाथ ढुंगानाले प्रेस स्वतन्त्रता बलियो भए मात्र देशमा प्रजातन्त्र बलियो हुने बताए।
एमाले नेता एवं क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले नेपालमा पूर्णरुपमा प्रेस स्वतन्त्रता कायम गर्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
क्षेत्र नं २ बाट जनमोर्चा नेपालका उम्मेदवार शिवहरि खनाल र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कृष्णबहादुर घजुले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले निर्वाचनको समयमा आम सञ्चारमाध्यम र सञ्चारकर्मीले पूर्णरुपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए। पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरले निर्वाचनमा सञ्चारकर्मीलाई छिटो र सहज सूचना पाउने व्यवस्था गरिदिँदा गलत सूचना प्रवाह नहुने बताए ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस