निर्वाचन क्षेत्रमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु गरेको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार मतदानको मिति नजिकिएसँगै सुरक्षामा चुनौती थपिने भएकाले निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार उक्त अपरेशन शुरु गरेको जानकारी दिए ।
आजैबाट हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ । ढकालले कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थाल्ने बताए । शंकास्पद व्यक्ति र ठाउँ खोजी अभियानसमेत थालिएको छ ।
विभिन्न शंकास्पद ठाउँको पहिचान भएकाले सो क्षेत्रमा प्रहरी परिचालन गरेर आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि खोजी अभियान चलाइएको ढकालले बताए । मुख्यतः अहिले देशभरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने जस्ता अवाञ्छित क्रियाकलाप गरिरहेकाले अपरेशन टोलीले यस्ता गतिविधिलाई बढी निगरानीमा राखेको छ ।
अन्य जिल्लामा विभिन्न मानवीय घटना भए पनि चितवनमा अहिलेसम्म यस्ता घटना भएका छैनन् । यसलाई कायम राख्नका लागि प्रहरीले विभिन्न रणनीति अपनाएर सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरी उपरीक्षक दीपक थापाले गलत क्रियाकलापको शंका लागेमा आवश्यक सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेका छन् ।
गुण्डागर्दी नियन्त्रण, मदिरा नियन्त्रण, लागुऔषध, आपराधिक क्रियाकलाप नियन्त्रण, निर्वाचन विरोधी क्रियाकलाप र हतियार नियन्त्रणसहित विभिन्न पाँचवटा रणनीतिका साथ प्रहरीले जिल्लामा सुरक्षा योजना लागू गरेकोछ । जिल्ला सुरक्षा समितिले चितवनका १६१ मध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक÷फरक सुरक्षा योजना निर्माण गरेर लागू गरेको छ ।
जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको र आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुने जनाइएको छ । गुण्डागर्दी नियन्त्रण र निर्वाचन विरोधी गतिविधिमा संलग्नको नियन्त्रणमा प्रहरीले सफलता प्राप्त गरिरहेको प्रहरी उपरीक्षक थापा बताउछन् ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस