पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिइने
काठमाडौं । सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने भएको छ । यो निर्णय लगत्तै राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारलाई धन्यवाद दिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्मान गर्दै पृथ्वीजयन्तीमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गणतन्त्र घोषणा गर्नु अघि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने गरे पनि गणतन्त्र स्थापनापछि उक्त बिदा कटौती गरिएको थियो । त्यसयता कमल थापाले पुस २७ गते राष्ट्रिय विदा दिन माग गर्दै आएका थिए ।
यता, सरकारले पुस १० गते ‘क्रिसमस डे’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रतिकृया दिनुहोस