हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको एमालेको आरोप

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाए ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।

लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेको प्रष्ट पारे ।

यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उनले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर उनले गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...