सुनसरीको इटहरीमा बम विष्फोट, एक बालकसहित ३ घाइते
इटहरी। सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा ३ जना घाइते भएका छन् ।
इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये न्यौपानेको अवस्था गम्भीर छ ।
घाइते सबै जनालाई उपचारको लागि धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रतिकृया दिनुहोस