धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेरवारको ध्यान

Dhankuta 13

धनकुटा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारहरुले एक नम्वर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन ।

धनकुटाबाट प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेवार राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका उम्मेवार सुनीलबहादुर थापा दुवैले आफुले जितेको खण्डमा मात्र धनकुटा प्रदेश बन्ने दावी गर्दै मत मागेका हुन ।

उनीहरुले चुनावी अभियानका क्रममा मतदातालाई आफुतिर आकर्षित गर्न प्रदेश नं. १ को राजधानी बनाउन आफ्नो पार्टीले जित्नुपर्ने आस देखाइरहेका छन । उनीहरुले मतदाताको घरदैलोमा पुग्दा होस् वा चुनावी सभा, वा प्रतिबद्दता पत्रमा होस प्र्रदेशको राजधानी बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन ।

वाम लोकतान्त्रिकका उम्मेलवार राजेन्द्र राईले पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा रहेको धनकुटालाई प्रदेश नं. १ को केन्द्र (प्रदेश राजधानी) को रुपमा कायम गर्ने मुद्दा अघि सारेको र त्यसका लागि अन्तिम प्रयत्न गर्ने बताए ।

पछिल्ला दिनमा प्रदेश नं. १ को राजधानी कहाँ बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं. १ को राजधानी इटहरीलाई बनाउन दवाव दिँदै दिनहुँ आन्दोलन पनि भइरहेका छन् । तर, धनकुटाले पनि राणा कालदेखिको प्रशासनिक कार्यालय धनकुटामै रहेकाले प्रदेशको राजधानी अन्यत्र सार्न नमिल्ने भन्दै संघर्ष गर्दै आएकोछ ।

“विकासन्मुख समाजको वस्तुगत अवस्थालाई विश्लेषण गरेर आवश्यकता अनुसार विकास निर्माण गर्ने, जस्तै बाटोको कुरामा राष्टिय राजमार्गहरुबाट स्थानीयको सदरमुकामसम्म ५ वर्षभित्रमा कालो पत्रे गरिसक्ने र स्थानीय तहको सदरमुकामदेखि हरेक वडासम्म पक्कि बाटो बनाउने छौँ”–नेकपा एमाले धनकुटाका अध्यक्ष समेत रहनुभएका राईले भने ।

तमोर करिडोर अरुण करिडोरको सम्भाव्यता अध्ययन गरी ‘एग्री कल्चर हव’को रुपमा विकास गर्ने, एउटा गाँउ एउटा उत्पादनलाई प्राथमिता दिने, खोकु छिन्ताङको सुन्तला लगायत धनकुटामा उत्पादन हुने अन्य वस्तुलाई बढवा गर्ने उम्मेदवार राईको संकल्प छ ।

त्यसैगरी बाख्रीवासको कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्व विधालयको रुपमा विकास गर्नको लागि पहल गर्ने वाम गठबन्धनले प्रतिबद्दता गरेको छ । सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण गर्ने, धनकुटाका ६० वटै वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने, र प्रत्येक वडालाई आधुनिक शहरको रुपमा विकास गर्ने योजना छ ।

‘मैले पहिलेदेखि नै धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन पहल गरिरहेको छु’ उद्योग मन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो, ‘भौगोलिक र सामथ्र्यको हिसावले पनि धनकुटा प्रदेश राजधानी बन्न उपयुक्त भएकाले मैले चुनावी एजेण्डा नै बनाएको छु ।’

सम्बृद्ध र सम्मानित नागरिकको रुपमा धनकुटेली जनतालाई स्थापित गर्न यहाँको मुख्य आम्दानीको रुपमा रहेको फलफुल एवं तरकारी बालीमा आधुनिकिकरण गर्दै जैविककृषि कार्यलाई अघि बढाइ किसानलाई आत्म निर्भर बनाउने मन्त्री थापाको योजना छ ।

क्यान्सर र मूृगौला फेल भएका बिरामीलाई औषधोपचार खर्च बृद्धि गर्दै क्रमश निःशुल्क उपचार व्यवस्था गर्ने र महिला स्वास्थ्य स्वयंसेविकलाई कम्तिमा मासिक रुपमा निर्वाह भत्ता दिने ब्यवस्थाका लागि पहल गर्ने लोकतान्त्रिक गठबन्धनको संकल्प छ ।

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री समेत रहेका थापाले कृषि बिज्ञहरुको एवं सिचाइको लागि उचित ब्यवस्थ गर्ने र हरेक गाउँपालिका र नगरपालिकामा एक एक वटा पशु स्वास्थ्य केन्द्र स्थापना गरिने बताए । यहाँका प्रदेश सभाका उम्मेदवारको पनि चुनावी मुद्दा प्रतिनिधि सभाका उम्मेदवारको जस्तै छन ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरुको आ–आफ्नै तर्क छ । वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले प्रदेश नं. १ मा बाम गठबन्धनको सरकार बन्ने भएकाले संविधानअनुसार प्रदेश राजधानी तोक्ने हुँदा अरु पार्टीले भन्दैमा प्रदेशको राजधानी नहुने बताए ।

भौतिक संरचना पर्याप्त हुनु, ताप्लेजुङ जोडने तमोर करिडोरको निर्माण हुनु, पूर्वका सबै जिल्लासँग सडक सञ्जाल जोडिनु, विमान स्थल निर्माणको प्रारम्भ हुनु र अन्तर्राटिय मापदण्ड पूरा गर्नु लोकतान्त्रिक गठबन्धको तर्क रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...