जनता खोज्छन् विकास, नेता खोज्छन् भोट
धनकुटा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारहरुले एक नम्वर प्रदेशको राजधानी बनाउने लगायतका विभिन्न बाचा गर्दै मत मागिरहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुलाई भोट माग्न भ्याइनभ्याई छ । तर, जनता भने विकासका काम नभएर हैरान छन् । दिनहुँ सुन्ने विकासका कामले मात्रै जनता मन बुझाउन बाध्य भएका छन् ।
नेता नै नेता भएको जिल्लामा भने जस्तो विकास नहुँदा र नेताहरुका विकासे कुराले जनता आजित भएका छन् । तर, नेताहरु भने मञ्चमा पुगेपछि र जनताको घरदैलोमा पुगेपछि ‘मलाई भोट दिनुस, म तपाईको गाउँमा सबै काम गरिदिन्छु’ भनेर भोट माग्ने गरेका छन् ।
पछिल्ला दिनमा प्रदेश नं. १ को राजधानी कहाँ बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं. १ को राजधानी इटहरीलाई बनाउन दवाव दिँदै दिनहुँ आन्दोलन पनि भइरहेका छन् । तर, धनकुटाले पनि राणा कालदेखिको प्रशासनिक कार्यालय धनकुटामै रहेकाले प्रदेशको राजधानी अन्यत्र सार्न नमिल्ने भन्दै संघर्ष गर्दै आएको छ ।
पछिल्ला दिनमा प्रदेश नं. १ को राजधानी कहाँ बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं. १ को राजधानी इटहरीलाई बनाउन दवाव दिँदै दिनहुँ आन्दोलन पनि भइरहेका छन् । तर, धनकुटाले पनि राणा कालदेखिको प्रशासनिक कार्यालय धनकुटामै रहेकाले प्रदेशको राजधानी अन्यत्र सार्न नमिल्ने भन्दै संघर्ष गर्दै आएको छ ।
धनकुटाबाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेवार सुनीलबहादुर थापा र वाम गठबन्धनका उम्मेवार राजेन्द्र राई दुवैले आफुले जितेको खण्डमा मात्र धनकुटा प्रदेश बन्ने दावी गर्दै मत मागिरहेका छन् ।
उनीहरुले चुनावी अभियानका क्रममा मतदातालाई आफुतिर आकर्षित गर्न प्रदेश नं. १ को राजधानी बनाउन आफ्नो पार्टीले जित्नुपर्ने आस देखाइरहेका छन् । उनीहरुले मतदाताको घरदैलोमा पुग्दा होस् वा चुनावी सभा, वा प्रतिवद्दता पत्रमा होस प्र्रदेशको राजधानी बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।
धनकुटामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा छन् । यहाँ प्रतिनिधिसभामा राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री समेत रहेका सुनीलबहादुर थापा र वाम गठबन्धनबाट नेकपा एमालेका जिल्ला अध्यक्षसमेत राजेन्द्र राई मुख्य प्रतिष्पर्धी हुन् ।
धनकुटालाई प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरुको आ–आफ्नै तर्क छ । लोकतान्त्रिक गठबन्धनले भौतिक संरचना पर्याप्त हुनु, ताप्लेजुङ जोडने तमोर करिडोरको निर्माण हुनु, पूर्वका सबै जिल्लासँग सडक सञ्जाल जोडिनु, विमानस्थल निर्माणको प्रारम्भ हुनु र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु नै प्रदेशको राजधानी बनाउने मुख्य आधार भएको तर्क अघि सारेको छ ।
वाम लोकतान्त्रिकका उम्मेलवार राजेन्द्र राईले पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा रहेको धनकुटालाई प्रदेश नं. १ को केन्द्र (प्रदेश राजधानी) को रुपमा कायम गर्ने मुद्दा अघि सारेको छ ।
यहाँका प्रदेश सभाका उम्मेदवारको पनि चुनावी मुद्दा प्रतिनिधि सभाका उम्मेदवारको जस्तै छन् ।
प्रतिकृया दिनुहोस