दोलखाको जामुने मतदान केन्द्र तनावग्रस्त बुथ नै कब्जा गर्ने प्रयास
काठमाडौँ । जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र तनावग्रस्त भएको छ । मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।
बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।
नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो । मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।
चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ ।
संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस