कालिकोट तनावग्रस्त, गएराती भएको झडपमा घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै
काठमाडौँ । कालिकोटको मालकोटका जनता मतदान गर्न नजाने घोषणा गरेपछि नेपाली सेना र प्रहरीको टोलीले गाउँमा गएर धम्की दिन थालेको छ ।
नेपाली सेनाको टोलीले मालकोटमा हवाइ गस्ती गरेर त्रास उत्पन्न गर्ने प्रयास गरिरहेको छ भने नेपाल प्रहरीको टोली गाउँमा गएर घर खानतलासी गर्ने मतदान केन्द्रमा जान धम्की दिने गरिरहेको खबर प्राप्त भएको छ ।
प्रहरीले आइतबार बिहान मात्र मालकोट गाउँका २ जना युवालाई गिरफ्तार समेत गरेको छ । केही दिन अघि पनि मालकोट गाउँबाट ३ जना युवालाई प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरेर मतदान केन्द्र तोकिएको ठाउँमा पु¥याइएका ३ युवालाई गाउँका महिलाहरु गएर खोसर फिर्ता लिएका थिए ।
त्यसैगरी कालिकोटका अन्य ठाउँमा पनि स्थिति तनावग्रस्त रहेको छ । गएराती कालिकोटकै क्यूरी मतदान केन्द्र स्थानीयले नियन्त्रणमा लिएका थिए । साथै त्यहाँ रहेका मतदान सामाग्रीहरु नष्ट समेत गरेका थिए । सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
मुम्रामा निर्वाचन सुरक्षाको लागि गएको प्रहरी र स्थानीयबीच दोहोरो झडप हुँदा २ प्रहरी र २ जना स्थानीय घाइते भएका थिए । झडपमा परी प्रहरी प्रहरी नायब निरीक्षक सई गिरिराज भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी गम्भीर घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि आज हेलिकप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको बताइएको छ ।
आज बिहान ७ बजेदेखि हुने भनिएको मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको टोलीलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको थियो । शनिबार राती ९ बजेदेखि सुरु भएको भिडन्त राति अबेरसम्म जारी रहेको थियो । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्र नियन्त्रणमा लिइ सम्पूर्ण निर्वाचन सामाग्री नष्ट गरेका थिए ।
उता कालिकोटकै पलाता गाउँपालिका साबिकको ९धौलागोह गाविस०को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई आइतबार स्थानीयले ढुंगामुडा गरेका थिए । स्थानीय जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको खबर पाउनासाथ् सदरमुकाम मान्म खाडाचक्रबाट गएको नेपाली सेनाले अहिले उक्त क्षेत्रमा गोली बारी गरिरहेको बताइएको छ ।
सेनाले लगातार गोली चलाउन थालेपछि सर्वसाधारण निकै आतंकित बनेको छन्। डाँफे बुथको लागि गएको सरकारी कर्मचारी र प्रहरीको पुरै टोलीलाई स्थानीयले जान नदिएपछि परिचालन गरिएको सेनाले दमन गर्ने डरले केही स्थानीय युवाहरु जंगलतिर लागेको बताइएको छ ।
प्रतिकृया दिनुहोस