पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु  

Election 2074

 

काठमाडौँ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको निर्वाचन आयोगले बताएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ जनप्रतिनिधिका लागि ७ सय २ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधिसभाका ३७ स्थानका लागि २ सय ८२ र प्रदेशका ७४ स्थानमा लागि ४ सय २० उम्मेदवार चुनावी मैदानमा छन् ।

७ सय २ उम्मेदवारको भाग्य परीक्षकका रूपमा करिब ३२ लाख मतदाता पहिलो चरणको मतदानमा सहभागी हुँदैछन् ।

१ करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता सहभागी हुँदैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...