विप्लव समूहका सबै नेताहरु विशेष निगरानीमा छन्, अहिलेसम्म ५ सय पक्राउ
काठमाडौँ । रक्षामन्त्रीभीमसेनदास प्रधानले चुनावकामुखमाभएका देशभरिका छिटपुट घट्नाहरुमा नेत्रविक्रमचन्दविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विशेष समूहको संलग्नताभएकोले उक्त पार्टीका नेताहरुलाई अहिले सरकारले विशेष निगरानीमा राखेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै रक्षामन्त्रीप्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् । निर्वाचन विरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको उनको खुलासा थियो ।
उनले भने,‘निर्वाचन जुनसुकै हालतमा निश्पक्ष, स्वतन्त्र र धाँधली रहित हुन्छ, निर्वाचन हुँदैन किभनेर शंकान गर्नुहोस्, निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई नेपाल सरकार खासगरी सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरि रहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजिकार्य जारी छ।’
उनले भने,‘चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं, गरेपनिहामी चुनावपछि गर्छौं, हामी हिट एण्ड रनको पक्षमा छैनौं, यदि विप्लव समूह वार्तामा आयो भने हामी उहाँहरुको कुरा सन्न तयार हुन्छौं।’ संविधान ल्याउनको लागि विप्लव समूहको पनि भूमिका भएकोले आफूहरु वार्ताको लागि तयार हुने उनको भनाई थियो ।
प्रधानले मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछि मात्रै उक्त समूहसँग वार्तामा बस्ने त्यो भन्दा अघि वार्ता नगर्ने स्पष्ट पारे । उनले थपे,‘चुनावपछि हामीउहाँहरुकामाँग सम्बोधन गर्छौं, अहिले वार्तामा बस्ने समय होईन र बस्दैनौं पनि।’
भोलिहुने निर्वाचनको लागि सरकारले भरपर्दो सुरक्षाव्यवस्था गरेको उल्लेख गर्दै ढुक्क भएर मतदानगर्न मन्त्रीप्रधानले आममतदाताहरुलाई आह्वान गरे । उनले थपे,‘ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, तपाईहरु निर्धक्क भएर मतदान गर्नुहोस्, आफ्नो अमुल्यमत दिनुहोस्, मतहाल्दा विवेक प्रयोग गर्नुहोस्।’
उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकार अहिले २४ घण्टा खटिरहेको पनि विश्वास दिलाए । उनले अब कसैले चाहेर पनि निर्वाचन विथोल्न केहीगर्न नसक्ने दाबीगर्दै भने,‘निर्वाचन विथोल्न चाहने तत्वहरु करिब २ हजार जनाको हामीले लिष्ट बनाएका छौं, अहिलेसम्म करिब ५ सय जनालाई गिरफ्तार गरिसकिएको छ, तीमध्ये धेरै तत्वहरुको त अहिले भागाभाग भैरहेको छ।’
मन्त्रीप्रधानले भोलिहुने ३२ जिल्लाका निर्वाचनमा २८ हजार ८ सय ४६ नेपाली सेना खटिने जानकारी दिए । उनले भने,‘दुवै निर्वाचनका लागि ६४ हजार प्लस सेना खटिँदैछन्, त्यस्तै नेपाल प्रहरीको कुलक्षमता मध्ये ९० प्रतिशत यो निर्वाचनमा खटिँदैछन्, त्यस्तै हवाई अनुगमन भैरहेको छ, त्यसैले सुरक्षाको सम्पूर्ण व्यवस्थाहामीले गरेका छौं।’
सरकारले सबै सुरक्षा निकायका प्रमुखरुसँग यस अघि नै छलफल गरिसकेकोले त्यही अनुसार सुरक्षा योजना बनाईएको पनिउनले जानकारी दिए । उनले भने,‘हामीले सुरक्षानिकायका प्रमुखहरुसँग छलफल गरिसकेका छौं, निर्भिकताका साथचुनाव हुन्छ, उहाँहरुले पनित्यही प्रतिबद्धता जनाउनु भएको छ।’
क्लबका सभापति ऋषिधमलाले आफूहरुले चुनावलाई सफल रुपमा सम्पन्न गर्नको लगि मेची–काली अभियान चलाएको समेत जनाए । उनले भने,‘हामी यो निर्वाचनलाई सफल रुपमा सम्पन्न गराउनको लागि अभियानको रुपमा देश दौडाहामा छौं, हामीले धेरै ठाउँमा चुनावी विशेष साक्षात्कार सम्पन्न गरेका छौं भने अबभोलिको निर्वाचन सम्पन्न भएलगत्तै फेरि अभियानलाई सुरु गर्छौं।’
प्रतिकृया दिनुहोस