चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष ओली

1509622139 kpsharmaoli


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपामाओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्धारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट पारे ।

२ पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे ।

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे ।

उनले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौँ–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पु¥याउने कामलाई अगाडि बढाइने विचार व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताए ।

कम्युनिस्टहरुको जनमत दुईतिहाइ भए पनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गरे ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारी, उपसंयोजक प्रभा कोइरालाले मन्तव्य व्यक्त गरे ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाई स्वागत गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...