भोली हुने चुनावका लागि ३२ जिल्लामा सार्वजनिक बिदा
काठमाडौँ । सरकारले भोली प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक बिदा दिएको छ । भोली चुनाव हुने ३२ जिल्लामा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नम्बर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको छ ।
त्यस्तै प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ को रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम पश्चिम भाग जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बाजुरा बझाङ र बैतडीमा पनि बिदा हुनेछ ।
बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने जिल्लाहरुमा मात्रै सार्वजनिक विदा दिइने मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस