आज राती १२ बजे सम्म बस गन्तब्यमा पु¥याउन सरकारको आग्रह

अत्यावश्यक बाहेकका गाडी चलाउन रोक

Bus 999

काठमाडौँ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन स्थल तर्फ जाने बस आज राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ ।
आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरिएको हो ।

आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव वाहन, अस्पताल सेवा र विद्युत सेवालगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसका लागि चुनाव हुने जिल्ला हुँदै चल्ने गाडी पनि चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न मन्त्रालयले सबैलाई अपील गरेको हो ।

आइतबार प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...