परिवार दलको चुनाबी प्रशिक्षण ७ वटै प्रदेशमा सम्पन्न
काठमाडौँ। नेपाल परिवार दलले ७ वटै प्रदेशमा अगुवा कार्यकर्ताको चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सात प्रदेश वाट परिवार दलका १५ सय अगुवाहरुले प्रशिक्षणमा सहभागी भएको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
दलका अध्यक्ष एकनाथ ढकाल प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ता थिए । नेकपा एमाले संग ३ बुदे सहमति गरेर सुर्य चिन्हमै निर्बाचनमा सहभागी परिवार दलले स्थिरता र आर्थिक संमृद्धिको लागि वाम प्रगतिशील गठबन्धनको औचित्य रहेको बताउदै आयको छ ।
प्रशिक्षणमा अध्यक्ष ढकालले सवल राष्ट्रियता, संविधानको कार्यन्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान समाज सृजना लगायत विषयमा जोड दिए ।
प्रशिक्षणको क्रममा सयौं ब्यक्तिहरु विभिन्न राजनैतिक दल परित्याग गरि नेपाल परिवार दलमा प्रवेश गरेका थिय। दलका अध्यक्ष ढकाल सुर्य चिन्हमै प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार हुन ।
प्रशिक्षणको समापन कार्यक्रममा अध्यक्ष ढकालले बाम प्रगतिशील गठबन्धनले स्पस्ट बहुमत ल्याउने माहोल देशभरी देखेको बताए ।
प्रतिकृया दिनुहोस