शारीरिक अपाङ्गता भयका ब्यक्तिहरुलाई एकनाथ ढकालको साथ

Aknath dhakal

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले शारीरिक अपाङ्गता भयका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि तालिम र अवसर प्रदान गर्नु पर्ने बताए ।

बिहिबार इप्सा नेपाल नामक सस्थामा आबद्ध शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई भेट्दै उक्त कुरा बताएको हो ।

एक दशक अघि गोरखाकी संगीता पन्तले अध्यक्ष ढकालकै सहयोगमा सुरुवात गरेकी इप्सा नेपालले अहिले ४० जना भन्दा बढी असहाय महिलाहरुलाई जिबिकोपार्जन गर्ने अवसर प्रदान गरेको छ ।

आफ्नो शुरुवातको समयमा ढकालले प्रदान गरेको सहयोगको स्मरण गर्दै सस्थाकी अध्यक्ष पन्तले अवसर पाएमा नेपाली असहाय नारीहरुले पनि काम गरेर देखाउन सक्छन भन्ने प्रमाणित गरेको बताइन ।

नेता ढकालले सस्थाको क्षमता अभिबृद्धि गरेर थप असहाय महिलाहरुलाई रोजगारी दिलाउन आफुले पहल गर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...