रुकुम जिप दुर्घटना : विवाह गरेको ३ दिनमै प्रहरी दम्पतीको मृत्यु

Face book

रुकुम । यही मंसिर ६ गते वैवाहिक बन्धनमा बाँधिएका नेपाल प्रहरीका प्रहरी निरीक्षकद्धय नवीन श्रेष्ठ र अनिता प्रधान ।

मंसिर ९, २०७४ सिस्ने गाउँपालिका ६, का २९ वर्षीय नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका१७ बालग्रामकी अनिता प्रधानको पेसा एउटै, नेपाल प्रहरी । दुवैको दर्जा पनि उही प्रहरी निरीक्षक । नवीन ६ नम्बर प्रदेशको सुर्खेतमा कार्यरत थिए भने अनिता प्रदेश २ को रौतहटमा कार्यरत थिइन् ।

नवीनले सुर्खेतमा ट्राफिक प्रमुखको जिम्मेवारी भर्खरै सम्हालेका थिए भने अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् । केही वर्ष अघिदेखि चिनजानमा रहेका उनीहरुको मंसिर ६ गतेयता पेसामात्रै एउटै भएन घर, परिवार र मन मुटुसमेत एउटै भयो ।

मातीघर बालग्राममै मंसिर ६ गते बुधबारका दिन बिहे गरेका दम्पती रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका ६, रुकुमकोटमा रहेको घर भित्रिन र खुसी साट्न पुगेका थिए ।

उनीहरुको वैवाहिक जीवन सुरुआत भएको ३ दिन र घरमा हाँसीखुसी साथ टिकाटाला गरेर फर्केको ३ घन्टा नपुग्दै सँगै संसार त्यागेका छन् । एउटै पेसा, एउटै घर बनाएका प्रहरी निरीक्षक दम्पतीको चिता पनि एउटै बन्ने छ ।

शुक्रबार रुकुम पूर्वका सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गर्दा भएको जिप दुर्घटनामा प्रहरी नवविवाहित दम्पतीसहित अन्य ५ जनाको मृत्यु घएको छ ।

ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ को कालिमाटीमा दुर्घटना हुँदा नवीनको घटनास्थलमा र अनिताको उपचारको लागि जिल्ला अस्पताल सल्ले लिँदै गर्दा बाटोमा मृत्यु भएको हो । विहेपछि माइतीघरबाट बिदा गरी घरतर्फबाट पनि बिदा भएर कार्यक्षेत्र फर्कन भनेर उनीहरु बेलुकी रुकुमकोटबाट गाडी चढेका थिए ।

माइतीघरबाट ७ गते बेलुका मात्रै घर पुगेका उनीहरु ८ गते दिउँसो घरपरिवार र आफन्तसँग टिकाटालो गरेर गाडीमा रुकुम पश्चिमको सदरमुकाम खलंगा फर्केका हुन् । उनीहरु विहेको टिका खस्न नपाउँदै दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा प्रहरी निरीक्षक श्रेष्ठका अन्य आफन्तको पनि मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१, मठका शेरबहादुर श्रेष्ठ, उनकी छोरी सुरेखा शाह र छोरा सुधन श्रेष्ठको पनि घटनास्थलमै मृत्यु भएको छ । शेरबहादुरका माइती पक्षका जनक शाहको पनि मृत्यु भयो भने त्रिवेणी गाउँपालिका–१, की यमुना मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ ।

जनक भलिबलका पूर्वराष्ट्रिय खेलाडी तला हालका राष्ट्रिय रेफ्री हुन् । सुरेखा र यमुना भोलि हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको निम्ति मुसीकोट नगरपालिका–७, को जनजागृति माविको ुकु मतदान केन्द्रमा खटिएका थिए ।

दिनभर मतदान केन्द्र निर्माणमा जुटेका उनीहरु बेलुका घर फर्कनलाई सोही गाडीमा चढेका थिए । उनीहरु चढेको केही मिनेटमै गाडी दुर्घटना भएको हो ।

गाडी दुर्घटनाबारेमा केही खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

दुर्घटना परेर घाइते चालक तुलसीपुर उपमहानगरपालिका–१६, प्रेम थापा, सहचालक बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका प्रेम केसी र अर्का यात्रु बर्दियाका टेकबहादुर खत्रीको नेपालगञ्जको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आफन्तै पर्ने ६ जना र अर्को १ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले मुसीकोट नगरपालिका–१, मठ गाउँ शोकमा परेको छ । दुर्घटनालगत्तै शेरबहादुर श्रेष्ठ र उनको छोरी सुरेखाको घरमा रुवावासी चलिरहेको छ ।

आफन्त, छरछिमेक र इष्टमित्र भावविह्वल अवस्थामा छन् । हाल दुर्घटना परेका ७ जनाकै शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ । अनिताका बाबुआमा इटहरीबाट हेलिकप्टरबाट आउँदै गरेकाले उनी र उनका पति नवीन श्रेष्ठकोबाहेक अन्य मृतक ५ जनाको पोस्टमार्टम गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...