अझैं रोकिएन बम आतंक, सुरक्षा व्यवस्था खस्किँदै

धनकुटामा वहालवाला मन्त्री र सिरहामा पूर्व मन्त्री परे निसानामा

Bom bisphot

काठमाडौं । केही दिन चालचुल बन्द गरेका नेकपाले फेरि निर्वाचन विरुद्धका गतिवधिलाई तीव्रता दिएका छन् ।

नेत्र विक्रम चन्द्र नेतृत्वको नेकपाले शुक्रबार मात्रै पनि धनकुटा र सिरहाका बम विष्फोट गराएर निर्वाचन विरुद्धका आफ्ना गतिविधिलाई तीव्र बनाउन थालेका हुन् । योसँगै निर्वाचन नजिकिएपछि विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेको छ ।

नेकपाले शुक्रबार विहान साँढे ७ बजेतिर खाल्सा छिन्ताङ सहिदभूभी गाउँपालिकाको साप्तिङटार नजिक बम विष्फोट गराएका छन् । उनीहरुले उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी बम विष्फोट गराएका छन् ।

चुनावी सभामा जादै गर्दा नेकपाले साप्तिङटारस्थित फङ्सुवा खोलामा बम विष्फोट गराएका थिए । जमिनमुनी विच्छ्याइएको सो बम मन्त्री थापा चढेको गाडीलाई लक्षित गरिएको थियो । तर, मन्त्री थापा रहेको ५ सय मिटर टाढा पुगेपछि विष्फोट भएकाले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यता सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा पनि शुक्रबार दिउँसो नै बम विष्फोट भएको छ । धनगढीमाई नगरपालिका ७ स्थित फुलकहामा राखिएको फोरमको प्रचार गाडीमा समेत बम भेटिएको छ ।

सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार तथा पूर्व मन्त्री अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा शुक्रबार दिउँसै बम विष्फोट भएको छ । कार्यालयको नवनिर्मित माथिल्लो तलामा कुकर बम विस्फोट भएको प्रहरीको भनाई छ ।

नायकको सम्पर्क कार्यालयमा बम विष्फोट घटनाको एक घण्टा नबित्दै फुलकहामा संघीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको बा ३ च ७६६१ नम्बरको बा ३ च ७६६१ नम्बरको प्रचार गाडीमा कुकर बम फेला परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...