बाम गठबन्धन र काङ्ग्रेसको झडप, १३ राउण्ड गोली चल्यो
रसुवा । रसुवामा नेपाली काँग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको अवस्था आएपछि प्रहरीले १३ राउण्ड गोली चलाएको छ ।
मौन अवधि सुरु हुनै लाग्दा दुई पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि हवाइ फायरिङ गरिएको बताए ।
उनका अनुसार अहिले त्यस क्षेत्रको स्थिति सामान्य छ । घटनापछि सुरक्षाकर्मीले गस्ती बढाएका छन् ।
प्रतिकृया दिनुहोस