मतदाता परिचयपत्र वितरण गरिदै

Matadata patra

काठमाडौँ । २०७४ प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले शुक्रबार मतदाता परिचयपत्र वितरण गर्दैछ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि शुक्रबार मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसँगै गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् । निर्वाचनका लागि मौन अवधी शुरु भईसकेको छ । सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको निर्वाचनका लागि शुरु भएको मौन अवधीमा समाचार माध्यमबाट प्रकाशान तथा प्रशारण गरिने समाचार जन्य सामाग्रीबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवघीमा आचारसंहिता विपरितका कुनैपनि प्रकारका सामाग्री प्रकाशन प्रशारण नगर्न आग्रह गरिन्छ ।’ दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा दल र तिनका उम्मेदवारले भने प्रचार गर्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...