बन्दको हल्ला निराधार : विष्ट

Lelin bist

काठमाडौं । शुक्रबार नेपाल बन्द हुने हल्लाले त्रास फैलिएको बेला बन्दकर्ता भनिएकाहरुले बन्दको हल्ला निराधार भएको बताएका छन् ।

निर्वाचन आउनै लाग्दा बन्दको हल्ला फैलिएपछि बन्दकर्ता भनिएका संगठनहरुले बन्दको हल्ला भएको प्रष्ट पारेका छन् ।

बन्द गर्न भनेर हल्ला फैलिएको भए पनि कसले बन्द गर्ने भन्ने अहिलेसम्म जिम्मेवारी लिएका छैनन् । एकाथरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ मा नेपाल बन्द आह्वान गरेको भनिएको थियो । तर, नेकपाले आफुले बन्दको कुनै कार्यक्रम नराखेको प्रष्ट पारेको छ ।

विप्लवले बन्द गर्ने कायक्रम नहरेको जनाएपछि एकाथरीले पूर्व लडाकुहरुको संगठनले बन्द गर्न लागेको हल्ला चलेको थियो । तर, सो संगठनले पनि बन्दको कुनै कार्यक्रम नरहेको जनाएको छ ।

लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ । सो समूहका संयोजक विष्टले आफ्नो संगठनले निर्वाचनको बेला बन्द गर्ने कार्यक्रम नै नराखेको बताएका छन् । उनले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं, यो सबै निराधार हल्ला मात्र हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...