धनकुटामा वाम गठबन्धनलाई भूर्तेलको साथ

धनकुटा । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धनकुटामा वाम गठबन्धनलाई आगामी निर्वाचनमा सहयोग गर्ने भएको छ ।

आगामी मंसिर २१ म हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभामा उम्मेदवारी दिएको राप्रपाले प्रतिनिधि सभा र प्रदेशसभा मै वाम गठबन्धनलाई सहयोग गर्ने भएको हो ।

धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपा धनकुटाका अध्यक्ष बालानन्द भूर्तेल, वाम गठबन्धनका तर्फबाट तिलकप्रसाद राई र दुर्गा लिंखाले विज्ञप्ती जारी गरी प्रतिनिधि सभा र प्रदेश सभामै वाम गठबन्धनलाई सहयोग गर्ने बताइएको छ ।

राप्रपाले झापामा वाम गठबन्धनले राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भएपछि धनकुटाले वाम गठबन्धनलाई सहयोग गर्न लागेको बालानन्द भूर्तेलले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...