धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विजयी हुने अर्यालको दाबी
धादिङ । धादिङ् क्षेत्रनम्बर १ काप्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विश्वप्रसाद अर्यालले धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरु विजयी हुने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी कार्यक्रममा बोल्दै उनले धादिङका जनता लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन आँतुर रहेको समेत सुनाए ।
उनले भने,‘अहिले जनतालाई लोकतन्त्रवादीहरुको पक्षमा भोट हाल्न आँतुर छ।’ ३० वर्षदेखि वामपन्थीहरुले विकास गर्न नसकेकोले लोकतान्त्रिक वादीहरुलाई मतहाल्न धादिङवासी आँतुर रहेको उनको भनाई थियो ।
उनले भने,‘नीजी सम्पती कमाउन यहाँका प्रतिनिधि लागि परेका छन्, कम्युनिष्टहरुले यहाँको विकासको लागि केही गरेकै छैनन्, उनीहरुको काम भनेको कसरी नीजी सम्पत्तिमा उने भन्ने मात्रै हो ?’
उनले यो पटकको निर्वाचनमाआफु लगायतजुझारु युवा नेताहरु चुनावी मैदानमाभएकोले तीस वर्षमा गर्न नसकेको काम एक वर्षभित्र पूरा गरेर देखाउने समेत विश्वास दिलाए ।
उनले वाम गठबन्धन भएकै कारण एमाले–माओवादी केन्द्रका उम्मेद्धवारहरुले चुनाव हार्ने समेत ठोकुवा गरे । उनले भने,‘दण्डित हुनुपर्ने मान्छेहरु उम्मेद्धवार बन्नुभएकोछ, व्यक्तिगत सम्पत्ति आर्जन गर्नको लागि मात्रै उनीहरुले ध्यानदिए, हामी त विजयी भएपछि यो क्षेत्रको विकासको लागि काम गरेरै देखाउँछौं।’
धादिङ् कच्ची सडकहरुलाई पीच गर्ने, सडक सञ्जाल नपुगेका ठाउँहरुमा बाटो पुर्याउने लगायतका कामहरु आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत उनले योजना सुनाए ।
धादिङमा कांग्रेसले संगठन विस्तार गर्न सकेन नि?भन्ने धमलाको अर्को प्रश्नमा उनले थपे,‘नेपाली कांग्रेसले जित्न सकेन, तर हारेर पनि जनाको पक्षमा आवाज उठाईरहेको छ । कम्युनिष्टहरु सत्ताको लागि जे पनि गर्न सक्नुहुन्छ । तर हामी त्यस्तै गर्दैनौं, विकास र समृद्धिको लागि हामी जनताकै साथमा छौं।’
प्रतिकृया दिनुहोस