चुनढुंगा र फलामखानीको उत्खनन गरिने

Chundunga khani

पाल्पा । तानसेन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताए ।

एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने भएकाले त्यसको प्रयोगबाट जिल्लाको आम्दानीको स्रोत बढाउन सकिने उनको भनाइ छ । चुनढुंगा सिमेन्ट बनाउनका लागि प्रयोग गरिन्छ ।

उनले आशन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा जिल्लाको गोठादी, रहबास र ज्यामिरेमा चुनढुंगा उद्योग खोल्ने जनाए । पाल्पाको तिनाउ गाउँपालिकाभित्रका विभिन्न वडा र रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट दैनिकरुपमा रुपन्देही र नवलपरासी जिल्लामा चुनढुंगा निकासी हुँदै आएको छ ।

चुनढुंगाको अलवा सिद्धबाबाको ढुंगालाई निर्माण कार्यमा प्रयोग गर्न सकिने अनुसन्धानले देखाएको छ । पाल्पामा फलामखानीको पनि सम्भावना रहेको अध्ययन र अनुसन्धानले देखाएको छ ।

तिनाउ गाउँपालिकाको कोलडाँडास्थित विष्णुडाँडामा फलाम र तामाखानी रहेको मानिन्छ । पाल्पा र नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रमा समेत फलामखानी रहेको पाण्डेयले बताए ।

पाल्पा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको विकट मानिएका बल्ढेङ्गढी, जुठापौवा, सत्यवतीलगायत क्षेत्रको विकास गर्ने उनले बताए । तानसेनको चहलपहल घटेको र अहिले फेरि चहलपहल हुने गरी विकास गर्ने योजना अघि बढाउने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...