जनतालाई न्याय सहज र छरितो बनाइन्छ : प्रधानन्यायाधीश पराजुली

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली

नवलपरासी । मंसिर ५, २०७४ पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक जिल्ला अदालत स्थापना भएको छ । कावासोतीमा स्थापना भएको नवलपुर जिल्ला अदालतको प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलवार उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले अबको न्याय प्रकृया सर्वसाधरणका लागि सहज र छरितो बनाउन आफनो ध्यान केन्द्रित भएको बताए ।

उनले अदालत सरकारी कार्यालय र न्याय दिने निकाय मात्र नभएर सर्वसाधारणको जीवन पद्धिति पनि भएको बताए ।

राज्यको स्थापना न्यायकालागि भएको चर्चा गर्दै पहुचवाला र हुनेखाने वर्गले मात्र होइन सर्वसाधारणले पनि न्यायलयमा सजिलो पहुँच बनाउनु अदालतको दायित्व भएको बताए । न्यायलय सर्बसाधरणका पहुचमा हुनुपर्नेमा जोड दिए ।

नवलपुर अदालत भनेको न्याय नपाए नवलपुर जानु भन्न मिल्ने र सबै स्थानमा उदाहरण दिन मिल्ने हुन आबस्यक रहेको बताए ।

उनले संबिधान अनुसार जिल्ला बिभाजनमा परेको पूर्वी नवलपरासीको कावासोतीमा स्थापित न्यायलय प्राबिधिक रुपमा दक्ष न्यायाधीश रहने हिसावले र छिटो छरितो न्यायदिने हिसाबले देशमै उदाहरणीय बनाउने बाचा गरे ।

सबै हिसाबले यो उदाहरणीय बन्ने र अदालतको नमुना बनाउन आफुले कुनै कसुर नराख्ने प्रतिबद्धाता ब्यक्त गरे । आफनै गृहनगर कावासोतीमा स्थापित अदालत उद्घाटन गर्ने सौभाग्य प्रधानन्यायाधीस पराजुलीले पाएका हुन् । उनी कावासोतीका स्थायी बासिन्दा हुन् ।

यहाँ अदालत स्थापना गरिएपछि ८० किलोमिटर टाढाको सदरमुकाम परासीमा जानपर्ने बाध्यता हटेको छ । संबिधानअनुसार नवलपरासी दुई जिल्लामा बिभाजित भएपछि पूर्वी नवलपरासी हाल नवलपुर जिल्लाको अदालत कावासोतीमा स्थापना गरिएको हो । यहाँ घर भाडामा लिएर अदालतको काम शुरु भएको छ ।

आउँदो २ वर्षभित्र आफ्नै जग्गामा अत्याधुनिक अदालत निर्माण गरेर ब्यबस्थित बनाइने प्रधानन्यायाधीश पराजुलीले प्रतिबद्धता ब्यक्त गरे । अदालत स्थापनामा स्थानीयले सहयोग गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...