देउवा र ओलीले दिए दाहाललाई समवेदना

चुनावी अभियान नरोकिने

Rajapa meeting

काठमाडौँ । पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना दिएका छन् ।

दाहाल निवास लाजिम्पाटमा पुगेर देउवा र ओलीले दाहालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओलीले पुत्र प्रकाश दाहालको निधनले आफू र आफ्नो पार्टी मर्माहत भएको बताउँदै धैर्यधारण गर्न आग्रह गरे ।

ओलीले दाहाल पत्नी सीतालाई पनि विभिन्न घटनाहरु उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न भनेका थिए । 

चुनावी अभियान नरोकिने

वाम गठबन्धनले शोकका बीच पनि चुनावी अभियान नरोक्ने भएका छन् । ओली र दाहालले संयुक्तरुपमा गर्ने भनिएका सबै कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।

मंगलबार चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुनेछन् । तर, सम्बोधन भने माओवादीको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...