प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली दिन पेरिस डाँडामा सयौको भीड
काठमाडौं । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालयमा राखिएको छ ।
दाहालको शवलाई पेरिसडाडामा राखिएपछि उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिनेको घुइँचो लागेको छ । पार्टी कार्यालयमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारण र पार्टी कार्यकर्ताको लाम लागेको छ ।
खासगरी लामो समयदेखि राजनीतिमा सक्रिय रहेका प्रकाशको मृत्युपछि शोकाकुल दाहाल परिवारलाई समबेदना दिन अधिकाँस पार्टीका नेताहरु पेरिसडाडा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायत पेरिसडाडा पुगेका छन् ।
आइतवार विहान प्रचण्ड निवास लाजिम्पाटमा निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाशलाई श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालदेखि पार्टी कार्यालय पेरिस डाँडा लगिएको हो ।
प्रकाशको पार्थिव शरीरलाई दिउँसो ४ बजेपछि पशुपति आर्यघाट अन्त्येष्टिका लागि लगिने माओवादीकी प्रवक्ता पम्फा भुषालले बताइन् ।
प्रतिकृया दिनुहोस