प्रकाश दाहालको आजै दाह संस्कार हुने
काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आज ४ बजेपछि दाहसंस्कार गरिने भएको छ ।
आइतवार विहान ५.३८ मृत्यु भएका दाहालको शब अहिले नर्भिक अस्पतालमै छ । उनको शवलाई केही बेरपछि पेरिसडाडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
माओवादी १० वर्षे सशस्त्र युद्धमा २०५४ देखि वावु प्रचण्डसँगै होमिएका प्रकाश माओवादी केन्द्रका केन्द्रिय सदस्य पनि हुन् । उनी २०५७ देखि निरन्तर आफ्ना बाबु पुष्पकमल दाहालको सहयोगीको रुपमा काम गर्दै आएका थिए ।
प्रकाश दाहालको मृत्यु भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतले नभिृक अस्पताल पुगी श्रद्धान्जली दिएका छन् । यसैगरी विभिन्न पार्टीका शीर्ष नेताहरुले पनि श्रद्धान्जली दिएका छन् ।
प्रतिकृया दिनुहोस