प्रकाश पत्नी बिना भावविह्वल हुँदै नर्भिक अस्पतालमा  

Bina magar

 

काठमाडौँ । पति प्रकाश दाहालको आइतबार बिहान असामायीक निधन भएपछि पत्नी बिना मगर भावविह्वल हुँदै थापाथली स्थिति नर्भिक अस्पताल पुगेकी छन् ।

भावविह्वल हुँदै अस्पताल पुगेकी उनलाई सम्हालन शुभचिन्तकहरुलाई समेत हम्मे हम्मे परेको थियो ।

हृदयघात भएपछि प्रकाश दाहाललाई पौने ६ बजे थापाथली स्थित नर्भिक पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।

कञ्चनपुरमा प्रत्यक्ष तर्फकी उम्मेदवार रहेकी बिना चुनावी प्रचार प्रसारका क्रममा जिल्लामा नै रहेकी थिइन् ।

पिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अझै अस्पताल पुगेका छैनन् ।त्यस्तै, विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु अस्पताल आउने क्रम जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...